सिमा मै दर्जन बढी भारतीय अलपत्र

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरमा १६ भारतीय नागरिक अलपत्रमा परेका छन्। भारतीय नागरिक हरु कृष्णनगर भन्सार को पार्क पछाडि खुल्ला मैदानमा पाल बनाई बसेका ति १६जनामा दुई बर्ष को बच्चा देखि साठी बर्षका महिला पुरुषहरु समेत रहेका छन।
कोराना भाइरस विश्व भरमा महामारीको रुपमा फैलिएका कारणले नेपाल भारत लगायत अन्य देशहरुमा पनि लाक डाउन रहेको अवस्था छ। मित्र राष्ट्र भारत उत्तर प्रदेशको बहराइच जिल्लामा नानपारा घर भएका १८ जना नेपालको चितवनमा पाल बनाइ बसो बास गरि प्लास्टिक र ढुंगा बाट बनेको सा साना भाडा कूडाहरु बेची आफ्नो जिवन यापन गर्दै आइ रहेका थिए। उनिहरु नेपाल मा पांच महिना देखि रही रहेका थिए। तगातार एक महिना देखि लाकडाउन र सबै सिमानाकाहरु बन्द भएको कारणले आफ्नो देश फिर्ता जान नपाइएको कुरा ति भारतीय नागरिक हरु ले बताउदै छन् ।
एक महिना देखि लगातार देशमा लाकडाउन हुनले वहाहरु को व्यापार समेत ठप्प भएको छ र भोक भोकै बस्ने अवस्था समेत आइ सकेको थियो। चितवनका केही जिम्मेवार र सभ्य नागरिकहरु ले उनीहरु लाई आफ्नो देश फिर्ता पठाउन को लागि सवारी साधनको व्यवस्था गरि कपिलवस्तु को चन्द्रौटा सम्मा पुगाइएका थिए।चन्द्रौटा देखि कृष्णनगर सिमा नाका नजिक रहेकोले वहाहरु आफ्नो देश छिटै फर्किने आशाको साथ कृष्णनगर सम्म आइ पुगे तर सिमा नाकामा पुग्दा पुरै सिमा नाकामा आवत जावत बन्द रहदा आफ्नो देश जान पाइएन्न अब वहाहरु अलपत्रमा परेका छन।

sahani furniture udyog

वहाहरु संग कुरा गर्दा हामी संग खाने समाग्री केही पनि छैन। राति सेमरा गाऊ का केही व्यक्तिहरु ले खाने समाग्रीहरु दिए का थिए त्यही बनाएर बच्चाहरु लाई खुवाएका थिए।आज हामीहरु कृष्णनगर नगरपालिका मा केही राहत समाग्री माग्न गएका थिए त्यहा रहेका केही व्यक्तिहरु ले भनेकि अहिले राहत समाग्री आएको छैन आए पछि उपलब्ध गराउने कुरा बताउदै हामी लाई फिर्ता पठाइएको कुरा टोलीका महिला रमनी ले बताउनु भयो।

कृष्णनगर नगरपालिका भित्र वहा हरु तीन दिन देखि रही रहेका छन अहिले सम्म नगरपालिका भित्र ती भारतीय लाई कोरोना भाइरस सम्बन्धि कुनै चेक जाच भएको छैन। चेक जाचको बिषय मा कृष्णनगर नगरपालिका का स्वास्थ्य संयाेजक शंकर भट्टराई संग कुरा गर्दा वहाहरुको बारेमा आफू लाई थाहा नभएको भट्टराईले बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.