नवलपरासीमा कार दुर्घटना एक जनाको मृत्यु दुई जना गम्भीर घाईते ।

0
Quantam abroad studies

रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं १६ केराबारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु २ जना घाईते भएका छन ।
मंगलवार साझ बर्दघाट देखी त्रिबेणी जादै गरेको बा.१२ च २००९ नम्बरको कार तिब्र गतिका कारण अनियन्त्रित भई बिपरित दिशामा रहेको बिजुलीको पोलमा गएर ठोक्किदा सवारी चालक बर्दघाट नगरपालिका वडा नं ४ बस्ने ४५ बर्षिय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

यसै गरि पछाडी सवार सोही ठाँउ बस्ने राम प्रसाद पाण्डे र गोकर्ण शर्मा घाईते भएको हुदाँ उपचारको लागी भरपुर पठाईएको थापाले जानकारी दिए ।सवारी दुर्घटनामा परि मृत्यु भएको सबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले बताएको हो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.