
कपिलबस्तु, बैशाख १९
जिल्लामा एक वडा अध्यक्ष माथि गोली प्रहार भएको छ । विहिबार १ बजे राति कपिलबस्तुको यशोधरा गांउपालिका वडा नं. ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।वडा अध्यक्ष मुसलमान आफ्नै घर खोरिया मा सुतेको आवस्थामा चार राउण्ड गोली प्रहार भएको हो । तर गोली न लागेको प्रहरीले जनाएको छ ।
उनि माथि २ जना अपरिचीत व्यक्तिले गोली प्रहार गरेका हुन् ।घटनामा संलग्न रहेका आशंकाका अधारमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए ।
