घरेलु मदिरा सहित एकजना प्रहरीको नियन्त्रणमा

0
Quantam abroad studies

रबिन्द्र यादव / बैशाख १९ नवलपरासी – जिल्लाको पश्चिममा लकडाउनको उल्लंघन गर्दै मदिराको तस्करी बढेपछि प्रहरीले सक्रियता देखाएको छ । प्रतापपुर गाँउपालिका वडा नं ४ बर्दघाटे पुल नजिक बाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको यु.पी.५६ एम ५२२३ नम्बरको मोटर साईकल बाट २१० बोत्तल फायर नामक मदिरा सहित एक ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान गरि रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको हो ।

sahani furniture udyog

यसै गरी बिहिवार दिउँसो सुस्ता गाँउपालिका वडा नं. १ रुपौलिया बाट १ सय लिटर घरेलु मदिरा लकडाउन को अवज्ञा गर्दै नेपाल भित्रै एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको अवस्था प्रहरीले नियन्त्रणमा लिई घरेलु मदिरा नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.