शुद्धोधन गाउँपालिद्वारा दश लाखको राहत वितरण गर्न बजेट विनियोजन

0
Quantam abroad studies

शुरेस राज पाण्डे / चैत्र २०
कपिलवस्तु (covid-19 ) – तौलिहव ,कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले क्वारेन्टाईनमा रहेको व्यक्तिहरुको सेवा सुविधा दिन र अति विपन्न गरिब परिवारलाई राहत वितरण गर्न दश लाख रकम विनियोजन गरेको छ।जनताको अवश्यकतालाई मध्यनजर गर्दै । गाउँपालीको अपर्झट मिटिङबाट छलफल गरिएको कुरा गाउँपालिकाको प्रमुख सल्लाहकार प्रीतम पान्डेले जानकारी दिनुभयो। अहिले प्रत्येक वडामा तथ्यांक संकलन तीव्र रुपमा भईरहेको भनी बताउनु भएको छ।

 त्यसतै  सरकारले जारी गरेको लकडाउनमा दिनरात खटेको प्रशासन निकाय ,स्वास्थ क्षेत्रमा काम गरिरहेका स्वास्थकर्मी र संचारकर्मीलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको छ।उहाँ सिभिल इन्जिनियरीङ् कलेज मुडफुटवाको अध्यक्ष पनि हुन्।शुद्धोधन गाउँपालिकामा रहेको विभिन्न क्वारेन्टाईन र गरिब घरपरिवारलाई खाद्दान्न लगायत सेवा सुविधामा विशेष रुपले ध्यान दिएर आफूहरुले काम गरिरहेको गाउँपालिका अध्यक्ष निसार अहमद खाँ ले जानकारी गराउनु भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.