हुप्सेकोट गाउँपालिका भित्र नियमित  डाईलाइसिस गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले इन्धन खर्च राहत दिने ।

0
Quantam abroad studies

चैत्र २०
प्रिय धन , दर्पण एफएम, चोरमारा
 हुप्सेकोट गाउँपालिकाले  नियमित रुपमा मृगौलाको डाइलाइसिस गर्ने बिरामीलाई राहत स्वरुप दुईतर्फी इन्धन खर्च स्वरूप रु. दुई हजार  सहयोग गर्ने भएको छ ।  लक डाउनका समयमा धेरै बिरामीहरू मारमा परिरहेका छन् । 

नियमित रूपमा मृगौलाको डाइलाइसिस गर्नुपर्ने बिरामीहरू कम्तीमा पनि हप्ताको २ पटक अस्पताल जानुपर्ने भएकाले बिरामीहरूको अवस्था लाई मध्यनजर गर्दै गाउँपालिका भित्रका बिरामीहरू पहिचान गरी आज तत्काल बैठक बसी सो निर्णय गरिएको स्वास्थ्य शाखा का प्रमुख कृष्ण सापकोटा ले  जानकारी दिनुभयो । यो निर्णय लक डाउन अवधिभर मात्र रहनेछ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.