चैत्र २० नवलपरासी – उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले बिभिन्न उद्योगमा कार्यरत मजदुर एवं तिनका परिवारलाई लक्षित गरि निशुल्क माक्स बितरण गरेको छ । संघले आज एक कार्यक्रमका बिच सुनवल नगरपालिका भित्र रहेको लक्ष्मी स्टील्स र पाल्पा सिमेन्ट सुनवलमा कार्यरत मजदुर र उनिहरुका परिवारलाई लक्षित गरि करिब २हजार १ सय थान निशुल्क माक्स वितरण गरेको हो। सुनवल नगरपालिका वडा नम्बर ७ वडा सदस्य विनोद पाण्डे मार्फत माक्स बितरण गरिएको संघका अध्यक्ष केशब भण्डारीले जानकारि भएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि सहयोग र्पुयाउने उदेश्यले निशुल्क माक्स बितरण गरिएको संघका अध्यक्ष भण्डारी बताउनु भएको छ । यसैगरि संघले लकडाउन अवधिभर सस्तो सुलभ दरमा जिल्लाका विभिन्न स्थानमा खाद्यान्न बिक्री घुम्ती पसल कार्यको सुरुवात समेत गरेको छ ।
त्यसैगरी संघले स्थानीय सरकारको समन्वयमा अति विपन्न वर्गका परिवार लक्षित गर्दै निशुल्क खाद्यान्न वितरण गर्ने योजना समेत रहेको संघका कार्यकारी सदस्य भोला पराजुलीले बताउनु भएको छ ।