प्रत्येक घर घरमा पुगी निःशुल्क मास्क र साबुन बितरण।

0
Quantam abroad studies

कृष्ण अग्रहरी ,चैत्र २१
कपिलवस्तु – बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19 ) अर्थात कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ७ का समाजसेवी इन्द्रमणि कुर्मी को अगवाईमा सेरहिया, हरिहरपुर, धर्मपनिया  , बरगदवा , औरहिया ,धमौलि र उत्तर धमौलिमा प्रत्येक  घर घरमा पुगी  निःशुल्क मास्क र साबुन बितरण गरेका कुर्मीले बताएको छन्। कोरोनाबाट जोगीने उपायका बारेमा जानाकारी गराउदै कोरोना भाइरस बाट बच्न बेलाबेलामा साबुनपानीले मिचिमिची हात धोऔं । भीडभाडमा नजाऔं । खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकौं । हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गरौं । ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाऔं ।

अत्यावश्यक काम बाहेक घरबाहिर नानिस्कन समेत आग्रह गरेको छन् । र सरकारले लगाएको लकडाउनको सबैले पालन गरी भीडभाड बाट बचेर घरमै सुरक्षित रहन सबै वडावासीहरुमा समाजसेवी कुर्मी ले अनुरोध गरेका छन।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.