
धिरज कोरि / चैत्र २०
कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले वडाका अति बिपन्न गरिब परिवार लाई राहत समाग्री वितरण गर्नु भएको छ।उहाँले आफ्नो व्यक्तिगत तर्फ बाट खाधान्न हस्तान्तरण गर्नु भएको छ । वडाका दुई दर्जन बढि मजदुरी गरेर जिबिकोपार्जन गर्ने परिवार लाई जनही १० केजीको दरले चामल वितरण गर्नु भएको छ ।
