वडा अध्यक्षद्वारा कोरोना भाईरस संक्रमणबाट बच्नाको लागि सावधानी अपनाउन अनुरोध

0
Quantam abroad studies
sahani furniture udyog

शुरेस कुमार पाण्डे /चैत्र २०           
 कपिलवस्तु – शुद्धोधन गाँउपालीका वडा नं.१ का वडा अध्यक्ष तिलकराम यादवले  विश्वा महामारीको रुपमा देखा परेको कोरोना भाईरस(covide-19) बाट बच्नाको लागि सम्पुर्ण देशवासीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नु भएको छ।साथै यस्तो परिस्थितिमा सरकारले जारी गरेको लकडाउनलाई सम्पुर्ण जनताले विशेष ध्यान दिएर सरकारको नियम पालना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

 गाँउपालिकाको कार्य योजना अनुरुप  आफूहरुले  बनाएको क्वारेन्टाईनमा सबै सेवा सुविधा उपलब्ध गराउनुका साथै  प्रत्येक टोलमा गरिब घरपरिवारलाई राहत वितरण गर्न तथ्यांक सकलन गरिरहेको कुरा बताउनु भयो। आफ्नो क्षेत्रम कुनै पनि किसिमको दैनिक उपभोग्य वस्तुमा कालाबजारी हुन नदिई प्रत्येक गाँउमा खाद्यान्न सामाग्री सजिलै उपलब्ध गराएको जानकारी गराउनु भयो । यस महामारीबाट देश र जनतालाई बचाउनका लागि विभिन्न क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, प्रशासन र संचारकर्मीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.