
निरहु यादव / चैत्र २१
कपिलवस्तु – बिजयनगर गा.पा. १ गुगौली गाउंमा भीषण आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएको छ । आज लगभग करिब बेलुका ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेपछि नियन्त्रण न हुने सकेपछि २६ घरगोठ जलेर नष्ट भएको जनाइएको छ । घरमा खाजा बनाउन लाग्दा चुलोवाट हावा चलेपछि फुसको घरबाट आगलागी भएको जनाइएको छ ।
आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभए पनि नगदसहित खाद्यान्न, लत्ताकपडा, र भाँडाकुडा गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए । सो आगलागीबाट कासीराम यादव , रामकिशुन अहिर ,हनुमान प्रसाद यादव , गङ्गाराम अहिर , रत्तिराम अहिर , रामसुमिरन अहिर , भुर्रे अहिर , उअदयराज अहिर , धर्म्राज अहिर , रामकेतार अहिर , रामधन यादव , श्याम प्रकाश यादव , लाल गुद्धु भर , भिखु अहिर , श्यामसुन्दर अहिर , बुधराम अहिर , रामहेतु यादव , घिराउ अहिर , मनिराम कोहार ,मोहरता कोहार , फुलमती अहिर , चन्दी भर , पुन्नवासी भर , चिन्कु भर र घिराउ अहिर समेत २६ जना आगलागीबाट पीडित भएका छन ।
नजिकमा दमकल न भएपछि तौलिहवा बाट आगो निभाउन गएको दमकल पुग्दा २६ जनाको नै घरगोठ जलेर सखाप भइसकेको थियो ।
