सांसद अभिषेक प्रताप शाह आफ्नो क्षेत्रमा ७० क्विन्टल चामल दिने घोषणा ।

0
Quantam abroad studies
sahani furniture udyog

निरहु यादव /चैत्र २२
कृष्णनगर – कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गरिरहेका सांसद  अभिषेक प्रताप शाहले आफ्नो क्षेत्रमा पर्ने  पालिकाहरुमा रहेका अति बिपन्न परिवारहरुको राहतको लागि ७० क्विन्टल  चामल  दिने घोषणा गरेका छन ।

उहाँको क्षेत्रमा रहेका  कृष्णनगर न.पा. , शिवराज न.पा.र बिजयनगर गा.पा. मा २०/२० क्विन्टल तथा महाराजगन्ज न. पा. वडा नम्बर ५ , ६ , र ७ को लागि १० क्विन्टल  दिने बताएका छन ।   दैनिक मजदुरी गरि जीवन गुजारा गरिरहेका अति बिपन्न परिवारहरुलाई  लकडाउन भएपछि दुई छाक खानाको लागि भोकै बस्नुपर्ने अवस्थाबाट बचाउन स्थानीय तह मार्फत सो राहत वितरण गर्ने  सांसद शाहले जानकारी दिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.