पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

0
Quantam abroad studies



उर्मिला यादव / चैत २३
सुनवल – पश्चिम् नवलपरासीमा आज लागू औषध सहित   एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा सुस्ता गाउपालिका २ गुदरिया  बस्ने ३७ बर्षिय रंगलाल  गुप्ता रहेका छ्न। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज सुस्ता  गाउपालिका ३ रेवारेता  स्थित भित्री सडक खण्डमा प्रहरी चौकी  कुडियाबाट खटिएको प्रहरी गस्ती टोलिले  ए पि ५७ आर ८२७१ नम्बरको मोटरसाइकल लाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुप्ताको साथबाट  स्पास्मो ५ सय ७६ क्याप्सुल , नाइट्राेभेट  १ सय ४६ पिस, फेनरागन ९ एम्प्युल,आइ पि पि एल ९ एम्प्युल र ओनरेक्स १ सय एमएलको ८सिसि  लागू औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य  भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले  जानकारी दिनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.