५१ जना मर्चवारको क्वारेन्टाइनमा

0
Quantam abroad studies

हृदयराम गुप्ता / चैत्र २४
रुपन्देही – जिल्लको उच्च जोखिममा रहेको मर्चवार क्षेत्रको ३ वटा क्वारेन्टाइनमा ५१ जनालाई राखिएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका कोरोनाको संक्रमणको संका लागेका ब्यक्तिहरुलाई क्वरेन्टाइनम राखिएको हो ।

मर्चवारको सम्मरीमाई गाउँपालिकाद्वारा मदरशा उम्मुल मोमेनिल आइसा अल सिद्धिकी लिल बनातिल इस्लामियामा निर्माण गरिएको  क्वारेन्टाइमा १० जना, मर्चवारी गाउँपालिकाद्वारा जनता मा.वि. ओडवलियामा निर्माण गरिएको क्वारेन्टाइनमा २३ जना र कोटहीमाई गाउँपालिकाद्वारा मर्चवार आदर्श उ.मा.वि. मझगावाँमा निर्माण गरिएको क्वारेन्टाइनमा १८ जना रहेका तिनै गाउँपालिकाका स्वास्थ्य संयोजक क्रमशः मुन्सि प्रसाद माझी,  बिनोद बरई र मन बहादुर कुँवरले बताएका छन् ।

मर्चवारबाट ५ किमि. दुरीमा रहेको भारतको कोल्हुई क्षेत्रमा ६ जनामा कोरोनाको संक्रमण देखिएपछि अहिले पुरै मर्चवार सुनशान बनेको  छ । उक्त कुरालाई मध्यनजर गर्दै प्रशासनले समेत कडाइ थालेको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.