बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भिड, १२ जना घाईते

0
Quantam abroad studies

उत्तम कुमार थापा / चैत्र २४
बझाङ  – जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेला स्थानियहरु को भिड नै लागेको छ । सरकारले यही चैत्र २५ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनी कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआबश्यक भिडभाड गर्न रोक लगाएको थियो तर यता छविस पाथिभेरा गाँउपालिका वडा नं ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको छ ।

बिश्वमा हामारीको रुपममा फैलीएको कोरोना भाईरसबाट संक्रमणहुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरेको हो । तर छबिसपाथिभेरा गाँउपालिकाका स्थानियले भने लकडाउन लाई उलङ्घन गरी सयौको भिडभाडमा आज बान्नीकी चैतली मेला मनाएका हुन् ।

sahani furniture udyog

यसबिषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यसपालिको चैतली मेलामा भिडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानियले अटेरी गरेर मेलामा गएको बताउनु भयो ।आफुहरुले गाँउपालिकाका बिभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनी चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उहाँले बताउनु भयो ।

चैतली मेलामा १२ जना घाईते।
बझाङ जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मेला चैतली मेलामा तल्लो छबिस र मल्लो छबिस बिच बिवाद हुदा १२ जना घाईतेभएका छन् । आईतबार सांझ करिब ६ बजेको समयमा दुबै पक्ष बिच ढुंगा हानाहान हुदां १२ जना घाईते भएको त्यहाँका स्थानीयले बताएका छन् । ।

मेला स्थलमा नेपाल प्रहरीको उपस्थिति नभएको । यस अघि छबिस पाथिभेरा गाउपालीका उपाअध्यक्ष राधिका रतालाले छबिस पाथिभेरा भेरामा कुनै मेला आयोजना नगरिएको जनाएपनी अहिले करिब २ हजार भन्दा बढी मेलमा उपस्थिती रहेको थियो ।
बान्नीकी चैतलीमा स्थानिहरुबिच भकुण्डो खेल्ने मस्टा देवताको लागी काकर चढाउन प्रचलन रहेको सरकारले कोरोना भाईरसका कारण कुनै मेला तथा भिडभाड नगर्न निर्देशन दिएपनी त्यसको पालन नभएको स्थानीयले बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.