कपिलवस्तु आइसोलेशन वार्डमा एकको मृत्यू

0
Quantam abroad studies

चैत्र २४
कपिलवस्तु – कोरोना आशंकामा कपिलवस्तुको कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएको व्यक्तिको मृत्यू भएको छ । २२ गते कपिलवस्तुकोे विजयनगर गाउँपालिका वडा नं. २ जलैया बस्ने वर्ष ३० का गोवर्धन भरको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी दृघनरायण पौडेलले जानकारी दिनु भएको छ । प्रजिअ पौडेलका अनुसार भर्ना भएको भरको श्वाब रिर्पोट अहिले आएको छैन । उनी पहिलै देखि टिबीको बिरामी रहेका छन । उनको फोक्सो बिग्रेकोले मुटुलाई धक्का दिएको करणले मृत्यू भएको बताएका छन । उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्नेलगायतका लक्षणहरु देखा परेको भन्दै उनलाई कपिलवस्तु अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार सुरु थियो । निमोनियाको करणले फोक्सोमा पानी जमेको पनि प्रजिअ पौडेलले जानकारी दिनु भएको छ ।

बिरामीलाई शुक्रवार चन्द्रौटाको एक स्थानिय अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल ल्याईएको थियो । बिरामीको स्वाब परिक्षणकालागि आईतावार बुटवल पठाईएको थियो । कोरोनाको आशंकामा आईसोलेशनमा राखेर उपचार गर्न लागिएको उनि अस्पतालमा पहिलो बिरामी रहेका थिए ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.