
काठमाडौ /चैत २५
विश्व हिन्दु परिषद नेपालको केन्द्रिय कार्यलयले एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।२०७६ चैत्र २४ गते जारी उक्त बिज्ञप्तिमा यहि आउदो चैत २६ गते पर्न गएको हनुमान ज्यन्तीलाई हर्ष उल्लासका साथ मनाउन भनी सम्पुर्ण नेपाली माझ अनुरोध गर्नु भएको छ ।यस बर्ष कोरोना भाइरस महामारी बाट विश्व नै आतंककित रहेको छ ।यसै क्रममा नेपालमा पनि उक्त महामारी बाट सबैलाई सुरक्षित राख्न नेपाल सरकारले विभिन्न चरणमा घोषणा गर्दै बैशाख ३ गते सम्म पूरा देश लकडाउन गरेको छ ।
बिगतका दिनहरु मा हनुमान जयन्ती विभिन्न मन्दिरमा पुजा पाठ गर्दै मनाउने भक्तजनको घुइँचो लाग्ने गर्थ्यो । तर यस संकटको घडीमा घर बाहिर निस्कने अवस्था नरहेको हुदा आआफ्नो घरमा रहि परिवार सहित हर्षोल्लास का साथ हनुमान जयन्ती मनाउन एक वा एघार पटक हनुमान चालिसा पढ्ने , प्रसाद ग्रहण गर्ने र सांयकाल मा दियो बाल्ने र आफ्नो इष्टमित्रहरूलाई पनि यसरी घरमा नै हनुमान जयन्ती मनाउन प्रेरित गर्न विश्व हिन्दु परिषदले सबैमा आह्वान गरेको छ ।सम्पुर्ण सनतान वैदिक धर्म मान्ने हिन्दुहरु लाई चैत्र २६ गते घरमा बसी परिवार भित्रै हनुमान जयन्ती मनाउन समेत अनुरोध गरेका छन ।
आफ्नो गाउँमा बाहिरबाट आएको कोही संकास्पद ब्यक्ति भए तुरुन्तै वडा प्रमुख वा स्थानीय प्रहरी प्रमुखलाई जानकारी गराइ क्वारेन्टाइनमा पठाउने गरौं तथा सरकारले लगाएको नियमहरुको पालन गरौ र गराऔ जसबाट कोरोना भाइरसबाट सजिलै बाच्न सकिन्छ । यहीँ नै समाजको लागि हाम्रो सन्देश हो , हामी सबै सुखी रहौ , स्वास्थ रहौ , भगवानको आशीर्वाद प्राप्त होस् , नेपाल आमाको जय । भनेर बिज्ञापति निकालेका छन ।
