
चैत्र २५
कपिलवस्तु – जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ । लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै आएकी करिव ३८ वर्षिया ज्ञानी थरुनी र सुकम्बसी बस्तीका बयोवृद्ध तेज बहादुर दमैको परिवारलाई चामल,चिउरा,भुजा तेल ,सावुन ,नुन,हरियो तरकारी लागाएतका सामग्री वितरण गर्नुभएको थियो ।
