रेडियोहरुले कोरोना विरुद्धको अभियान चलाउने कपिलवस्तु संयोजक न्यौपानेलाई कारवाही गर्न माग

0
Quantam abroad studies

कपिलवस्तु , २६ चैत
कपिलवस्तुका सामुदायिक रेडियोहरुले कोरोना संक्रमण रोकथाम तथा सचेतना अभियान संचालन गर्ने भएका छन् । लकडाउनको अवस्थामा पत्रपत्रिका, टेलिभिजन, अनलाईन भन्दा रेडियोको पहुच अत्याधिक हुने भएकाले यसलाई सदुपयोग गर्दै कोरोना रोकथाम, संक्रमणबाट बच्ने उपाय र आवश्यक सामाजिक सर्तकता बारे अभियान चलाइने सामुदायिक रेडियो प्रसारक संघका प्रदेश ५ उपाध्यक्ष राजु खरालले जानकारी दिनुभयो । यसका लागि सबै रेडियोले अवधी, थारु र नेपाली भाषामा सचेतनामूलक जिंगल उत्पादन तथा प्रशारण गर्न आग्रह गर्नुभयो । एकोराबका पूर्व केन्द्रिय उपाध्यक्ष एंव रेडियो कपिलवस्तुका अध्यक्ष तुलसीराम यादवले लकडाउनको यो बेलामा प्रत्येक कपिलवस्तुबासीको घरमा सहजै पुग्ने एकमात्र साधन रेडियो मात्र भएकाले यस मार्फत समुदायको सक्रियता, अवस्था, क्वारेन्टाइनको अवस्था र राहत वितरणमा भएका गतिविधीलाई समेत समेटेर सहजीकरण गर्न सबै सामुदायिक रेडियोहरुलाई अनुरोध गर्नुभएको छ ।

यसै गरि जिल्लाका सबै रेडियोहरुले जिल्ला प्रशासन , स्थानीय तहहरु, सुरक्षा निकायद्धारा जारी कोरोना सम्बन्धी शन्देशमूलक सूचना निःशुल्क प्रशारण गर्ने भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सामुदायिक रेडियोहरुको बसेको वैठकले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी पक्षले गर्ने निर्णय, निर्देशन तथा अनुरोधलाई निःशुल्क प्रशारण गर्ने निर्णय गरेका हुन् । कपिलवस्तुका स्थानीय तहहरुले यस विषम परिस्थितिमा आफ्ना स्थानीय तहमा भएका रेडियो तथा संचारमाध्यम संग सहकार्य गर्न समेत एकोराब प्रदेश उपाध्यक्ष खरालले अनुरोध गनुृभयो ।

sahani furniture udyog

यसै गरि एकोराब जिल्ला समन्वय संयोजकको जिम्मेवारी दिइएका चन्द्रकान्त न्यौपानेलाई कारवाही गर्न जिल्लाका ७ वटा सामुदायिक रेडियोले माग गरेका छन् । एकोराबको सदस्यता पाएका ८ वटा रेडियो मध्ये ७ वटा रेडियोले संयोजकको जिम्मा पाएका न्यौपानेले विगत ३ महिनाको अवधिमा सामुदायिक रेडियोको क्षेत्रको सुधार भन्दा पनि विकृती, विवाद र एकलौटीपनले काम गरेको र समन्वय संयोजकलाई एकोराबको जिल्ला संयोजक, जिल्ला अध्यक्ष जस्तो पद स्वयंले खडा गरि विभिन्न स्थानका कार्यक्रमहरुमा सहभागि भएको, विश्वव्यापी कोरोना संक्रमणमा देश लकडाउनको अवस्थामा आफु आबद्ध रेडियो मायादेवी मार्फत भ्रामक समाचार प्रशारण गरि कोरोना बारे आतंक सिर्जना गर्ने कार्य गरेको हुदा सामुदायिक रेडियोकर्मी भएर पनि सामुदायिक उक्तरदायित्व पुरा नगरेको भन्दै कारवाही गर्न माग गरिएको छ । आजै ७ वटा रेडियो प्रमुख तथा प्रतिनिधीले हस्ताक्षर गरि प्रदेश उपाध्यक्ष राजु खराललाई कारवाहीको लागि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउने क्रमममा रेडियो बाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेलले तत्काल माग सम्बोधन गर्न आग्रह गर्दै न्यौपानेलाई कारवाही गरि नयाँ तर्दथ समिति बनाउन माग गर्नुभयो । ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष खरालले जिल्लाका सबै रेडियोको माग बमोजिम आवश्यक छानबिन गर्ने र तत्काल अर्को भेला बोलाईने र यसबारे केन्द्रमा जानकारी गराउने बताउनुभयो ।  सामुदायिक रेडियो बुद्ध आवाजका उमाशंकर चौधरी, सामुदायिक रेडियो कपिलवस्तुकी व्यवस्थापक सोना खटिक, रेडियो परिवर्तनका व्यवस्थापक दिलिप यादव, सामुदायिक रेडियो बाणगंगा व्यवस्थापक गणेश पोख्रेल, सामुदायिक रेडियो शिवराज एफएम व्यवस्थापक दिपक के.सी., सामुदायिक रेडियो भ्वाईसकी व्यवस्थापक गीता पौडेल तथा सामुदायिक रेडियो समानताका व्यवस्थापक  कृष्ण गैरेले हस्ताक्षर गरि चन्द्रकान्त न्यौपानेलाई कारवाहीको माग गर्नुभएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.