
उत्तमकुमार थापा /चैत्र २६
बझाङ – बझाङमा एक जनाको शव फेला परेको छ । जिल्लाको मष्टा गाउँपालिका – १ जिन्नाडाका राम बहादुर ऐडी मृत अवस्थामा भेटीएका हुन ।
मृतक ऐडीको शव बुधबार विहान जयपृथवी नगरपालिका – १ समदेउ नजिकै रोडमा फेला परेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी सहाएक निरिक्षक भरत विकले बताए ।
उनकाे मृत्युु के कति कारणले भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने बताए ।
