बुटवलको कोरोना अस्पतालमा ICU बन्दै ।

0
Quantam abroad studies

रुपन्देही – बुटवलमा रहेको धागो कारखानामा बनेको अस्थायी कोरोना अस्पतालमा ICU वार्ड बन्ने काम सुरु भएको छ ।कोरोना भाइरस महामारीको रोकथामका लागि पूरा देश लकडाउन गरिएको अवस्था छ ।अहिले नेपाल दोस्रो स्टेजमा रहेको अवस्थामा कोरोना को जोखिमलाई मध्यनजर गर्दै हाललाई उक्त अस्पतालमा १० बेडको ICU बनाउने काम चली रहेको छ ।

उक्त १० बेड को ICU को निर्माण कार्य आगामी दुई दिनमा सम्पन्न हुने बताइएको छ। आज उक्त अस्पतालको माननीय मन्त्री लिला गिरी ज्यु द्वारा अनुगमन गरि त्यहाँको अवस्था र कार्य प्रगतीको बारेमा जानकारी लिनु भएको छ ।मन्त्री गिरि सँगै माननीय दधिराम न्यौपाने , बुटवल उपमहानगरपालिका प्रमुख शिबराज सुवेदी , लुम्बिनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई , गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलम लगायतका स्वास्थकर्मीहरुले पनि अनुगमन गरेका थिए । यस्तै पछि कोरोना महामारीको संक्रमितको अवस्था हेरेर थप २० बेडको ICU वार्ड प्रदेश सरकारले बनाउने भनि जानकारी प्राप्त भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.