निर्वाचित वडाध्यक्ष र पराजित मिली फोटो नखिचाई हुप्सेकोट गाउँपालिका ३ मा २०० घर धुरीका परिवारलाई बाँडियो राहत ।

0
Quantam abroad studies

प्रिय धन , चैत्र २६

sahani furniture udyog

हुप्सेकोट – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि लक डाउन भए पश्चात यस क्षेत्रका अति विपन्न परिवारका समस्यालाई मध्यनजर गर्दै गाउँपालिका ले राहत वितरण गरेको हो । तर राहत वितरण गर्दा कसैले पनि एउटा पनि फोटो खिचेनन् ।केन्द्र सरकारको निर्देशन अनुसार फोटो खिच्न मनाही गरिएको हो ।गाउकार्यपालिकाको निर्णय अनुसार ३ जना सम्मको परिवार सदस्य भएका र ४ देखि १० जना सम्म सदस्य भएका गरी करिब २०० घर परिवारलाई राहत स्वरुप १५ देखि ३० केजी चामल , दाल, नुन ,तेल वितरण गरिएको हुप्सेकोट गाउँपालिका की उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले जानकारी दिनुभयो ।

आफ्नो वडा भित्र कोही पनि व्यक्ति खाद्यान्न को अभावमा भोकै रहन नपरोस् भन्दै वडाका सबै टोल टोलमा पुगी अति विपन्न परिवार पहिचान गरी गाउँपालिकामा पठाएको र गाउँपालिका को निर्देशन अनुरूप राहत वितरण गरिएको वडाध्यक्ष छविलाल मिधुनले जानकारी दिनुभयो । बाँकी रहेका लाई शुक्रबार वितरण गरिने बताइएको छ । त्यसैगरी सो राहत वितरण कार्यमा हुप्सेकोट ३ मा स्थानीय निर्वाचनमा पराजय भोग्नुभएका ओमन सिंह रजाली समेत सहभागी हुनुहुन्थ्यो । रजालीले भन्नुभयो ” देश संकटको घडीमा छ , यो परिस्थितिमा हामी राजनीति हर्दैनौं , विपतमा परेकालाई सदैव सहयोग गर्नेछौं । ” यस्तै सो राहत वितरण कार्यक्रम मा सहभागी हुनुभएका नेपाली कांग्रेस हुपसेकोट का उपसभापति कृष्ण पाण्डेले पनि असली विपन्न नछुटुन् भन्दै आफूहरु मिलेर अगाडि बढेको बताउनुभयो । सो राहत मयुरपोखरी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय , मयुरमारा बाट वितरण गरिएको थियो । कम्तीमा १ मीटरको सामाजिक दूरी कायम गरी लाइनमा राखेर राहत वितरण मा सहयोग गरिएको मयुरपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन थापाले बताउनुभयो ।

राहत वितरण कार्यक्रम मा कार्यपालिका सदस्य मोतिलाल कुमाल , वडा सदस्य हरु तारा बहादुर कार्की, विष्णु राना , शर्मिला घले परियार , तेजमाया पाण्डे , हुप्सेकोट ३ का सचिव मनु सिग्देल समाजसेवीहरु ईश्वरी रेग्मी , श्याम थापा , तेजप्रसाद पाण्डे , चेतन रजाली , टेकनाथ सिग्देल , रामु भण्डारी , विवेक पुलामी , तिल प्रसाद भट्टराई मयुरपोखरी सामुदायिक वन समुहका कार्यालय सचिव जीवन पाण्डे लगायतका को उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.