कोरोना अस्पतालमा मृत्यु भएका परिवार प्रति राज्यको विभेद,राहत माग गर्दै समाजवादीले बुझायो ज्ञापन पत्र ।

0
Quantam abroad studies

कपिलवस्तु , चैत्र २७
रुपन्देहीको सैनामैना नगरपलिकाका कोरोना भाईरस को शंकामा बाबुराम थापा को अस्पतालमा मृत्यु पछि जाँचको रिपोर्ट नेगेटिभ भएको  वहाँको परिवारलाई राहत स्वरुप  ८ लाख रुपैया छोराछोरी लाई नि:शुल्क उच्च शिक्षा र श्रीमती लाई योग्यता अनुसार को जागिरको लागि सहमति  सरकारले गरेको छ भने सोही प्रकृतिको घटनामा  यही बितेको  २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जल्लहियाका गोर्बधन भरको कपिलवस्तु जिल्ला अस्पतालमा मृत्यु भएपछि सरकारले कुनै सरोकार नराखेकोले मृतकका परिवारलाई  लाई राहत उपलब्ध समाजबादी पार्टी कपिलवस्तुले  गराउन माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यलय कपिलवस्तु मार्फत  राहत उपलब्ध गराउन ज्ञापन पत्र पठाएका  छन ।

कोरोना भाइरस को शंकामा कपिलवस्तु अस्पतालमा सोमवार मृत्यु भाएका बिजयनगर गाउपलिका वार्ड नं. २ जल्लहियाका गोबर्धन भर को परिवार लाई राहत उपलब्ध गराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एउटै राज्यमा  दुई वटा कानुन कसरी हुन्छ ? जसरी थापाको परिवारलाई राहत उपलब्ध गराउन सरकारले सहमति गरेको छ सो अनुसार भरको परिवारलाई पनि राहत दिन र अस्पतालमा अतिअवश्यक रहेको पिपिई सेट, फिबर गन , औषधि लगायतका समाग्री उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल  मार्फत   सरकारलाई ज्ञापन बुझाएको अध्यक्ष शैलेन्द्र यादवले बताउनुभयो  । 

 ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले आफु सम्बन्धित निकायमा पठाउने प्रतिबद्धाता जनाउनु भएको थियो ।  मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकोले मधेश मानव अधिकार गृह महुरी होमले १० हजार र विजयनगर गाउँपालिकाले २० हजार क्रिया खर्चको लागि उपलब्ध गराएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.