बधाई छ कमरेड, तिमीलाई बधाई छ ।

0
Quantam abroad studies

बधाई छ कमरेड, तिमीलाई बधाई छ ।
बधाई छ कमरेड, तिमीलाई बधाई छ,
क्षणिक भएपनि, तिम्रै हर्ष बडाई छ ।
बधाई छ कमरेड तिमीलाई बधाई छ ।।
महिनौको झगडा छडभरमै मिलायौ,
अच्छाबुरा सोचनेलाई चमकन्ना बनायौ ।।
तिम्रो राज्यमा दलाल र भ्रष्टाचारीको रजाई छ,
बधाई छ कमरेड तिमीलाई बधाई छ ।।

चुवना जित्नालाई नश्लिय नारा घनकायौं,
आफ्नै नागरिकलाई दशगजामा बस्न बाध्य बनयौं ।
असन्तुष्टलाई संसोधनको सपना देखायौ,
बारम्बार समझौता गरि धोका मात्र खुवायौं ।
तिम्रो वरिपरि सिर्फ तिम्रै गुणगान छ ,
बधाई छ कमरेड तिमीलाई बधाई छ ।

पानी खाना माग्दा पानीजहाँज देखायौ,
बटोघाटोको कुरा गर्नेलाई भ्युटावर बतायो ।
इन्धनको सट्टा घरघरमा ग्यास पाईपको सपना देखयो,
रेलको सपनाले नागरिकलाई लठ्ठ बनायौं ।
राजनीतिक अस्थिरको भूत तिम्रो पहरेदार छ,
बधाई छ कमरेड तिमीलाई बधाई छ ।

देश र जनताको रक्षा गर्नसक्ने आफूलाई लायक सम्झ्यौं,
आफनै सहकर्मी र विपक्षीलाई समेत नलायक बतायौ ।
अरुको पार्टी फोर्ना रातारात अध्यादेश ल्यायो,
आफूसँगसगै राष्ट्रपतिलाई समेत मोहरा बनायौं ।
तिम्रो कामको धेरै जग हँसाई छ ,
बधाई छ कमरेड तिमीलाई बधाई छ ।

आम मानिस त के सांसदलाई समेत अपहरण गरायौं,
पूर्वप्रहरी प्रमुख लगाई रातारात काठमान्डौ पुर्यायौ ।
दोषीलाई कार्यवाही त के जाहेरी दर्ता गर्न पनि दिएनौ,
बरु उल्टै युवा कार्यकर्ता लगाई प्रतिकार गरायौं ।
र पनि तिम्रो जबानमा शन्ति र सम्बृद्धिको नारा छ ।
बधाई छ कमरेड तिमीलाई बधाई छ ।।

तिमीले सधैभरि ऐनासँग दुरी बढायौ,
बुद्धिजीबि र पत्रकारलाई सधैभरि दम्कायौं ।
अभिमान र स्वाभिमानलाई एउटै बनायौ ।
आलोचकलाई गाली गर्नमै धेरै समय बितायौ ।
पार्टीका नेताको कस्तो बेहाल छ ।
बधाई छ कमरेड तिमीलाई बधाई छ ।

दीन र दुःखीको हाल बेहाल छन,
तिम्रा आसेपासेहरु कस्तो मालामाल छन ।
नागरिकका दुःख र कष्ट कहिले पनि भागेन,
तिम्रो चर्तुयाईको अगाडि कसैको केही लागेन ।
तिम्रो मिठा सपनालाई हाम्रो सलाम छ,
बधाई छ कमरेड तिमीलाई बधाई छ ।
✍️ पर्शुराम यादव
बुद्धभुमि न.पा. १० कपिलवस्तु

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.