उत्तम कुमार थापा / बैशाख २२ बझाङ – कोभिड १९ अर्थात कोरनाले विश्वतर्सित भएको समयमा नेपालमा पनि लकडाउँन संञ्चालन भैईरहेको छ। लकडाउँनले गर्दा विहान काम गरेर बेलुकी जोह गर्ने तथा गाउँपालीका भरिका गरिव विपन्न , दलीत मज्दुरहरु लाई राहत वितरण गरिए को गाउँपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावलले बताए ।
उनले भने,स्थानीयतह खप्तड छान्ना गाउँपालीकाले पहिलो चरणमा गाउँपालीका ले ४०० कुन्डल चामल १५ कुन्डल दाल, २०० पेटी लेत खरिद गरेको बताउँदै गाउँपालीका मा रहेका प्रत्यक वडाहरु मा ५० कुन्डल चामल २ कुन्डल दाल,२५ पेटी खानेतेल राहत वितरणको लागी हस्तान्तरण गरेको रावलको भनाई छ ।
स्थानीयतहले गाउँपालीका भरिका सबै गरिव विपन्न खाननपुगेको दलीतहरुलाई खाद्धयन्न वितरण गरिएको बताउँदै, वडाहरुले ल्याएको लिष्टको आधारमा वितरण गरिएको बताउदै, हामी सबै गरिव हो तर हामी भन्दापनी गरिवहरुलाई राहतको व्यावस्था गरिएको भन्दै,वितरण गरिएको राहत भने नेपाल सरकारको नियमअनुसार जनसख्या हेरेर दिईएको थियो। राहत नपुगेका हरुलाई आउँदो चरणमा वितरण गरिने बताउँदै विभिन्न वडाहरु मा राहत वितरण काम सुरु भएको रावलले बताउँनु भएको हो ।