कपिलवस्तुको सिमाक्षेत्रमा औषधि र रक्सी, चुरोट र गुटखाको तस्करी

0
Quantam abroad studies

निरहु यादव ,बैशाख २१
लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध कारो बार भइरहेको पाइएको छ । एक दिन पहिला भारतीय खबर पत्रीका राष्ट्रिय सहारा र राष्ट्रिय स्वरुपले नेपालबाट रक्सी र विभिन्न ब्रान्डका गुट्खाहरु अबैध रूपमा सीमा पार गरेर भारतीय गाउँहरुमा बिक्री भइरहेको ले कोरोना कोरोना संक्रमण हुने खतरा रहेको लेखिए को थियो भने बितेको राति नयाँ घटना अगाडि आएको छ ।

कुशवहा बढनी सिमा नाका हुँदै नेपालमा प्रतिबन्धित भारतीय औषधि महराजगंज नगरपालिका ७ सतभराका स्थानियहरु तस्कर बाट लगभग एक लाख बराबर काे औषधि समातेर प्रहरीलाई बुझाएका छन ।

sahani furniture udyog

महाराजगन्ज नगारपालिकाकाे कुशहवा बढनी सिमानाका हुँदै अवैध अाैषधि भित्रिदै गरेकाे अवस्थामा लगभग राति आठ बजे सतभराका गाउँलेहरु समातेर प्रहरी चौकी कुशहवा बढनीलाई बुझाएका छन। काेराेना संक्रमणका कारण भारत संगकाे सीमा लक भएपनि खिला सिमाना भएको कारण चाेर बाटाे हुँदै अवैध तस्करी माैलाएकाे स्थानिय बताउछन ।खुल्ला सिमाना रहेकाले मान्छे रातिमा लुकेर अाेहरदाेहर हुन सक्ला तर सम्भव भए सम्मको प्रयास भइरहे को सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताएका छन ।
यस्तो संक्रमणकालको अवस्थामा तस्करलाई विफल पारी प्रहरीको सहयोग गरि असल नागरिकको परिचय दिएका स्थानीयहरुको प्रहरी निरीक्षक प्रताप पौडेलले प्रसंशा समेत गर्नु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.