काठमाडौं, बैशाख२३
नेपालगन्जमा कोरोना संक्रमण को पुष्ठि सगै देशमा कोभीड १९ संक्रमित को संख्या ८२ पुगेको छ। नेपालगन्जको भेरी अञ्चल अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोभीड १९ देखा परे पछि संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए को छ ।
नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र ०९, ३२, ३४ र ५५ बर्ष की महिलामा कोभिड १९ पुष्ठि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उप प्रवक्ता डा. समिर कुमार अधिकारी ले जानकारी गराउनु भएको छ ।सबै जना संक्रमित को अवस्था सामान्य रहेको छ भने सबै जनालाइ स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ । आज बिहान मन्त्रालयले सुचना जारी गरि सम्पूर्ण जानकारी गराएको छ ।यस्तै नेपालगन्जमा कोभीड १९ को संक्रमीत संख्या २३ पुगे पछि आज देखि नेपालगन्ज उपमहानगरपालिकामा निषेधित क्षेत्र घोषणा गरिएको छ।हाललाई नेपालगन्जमा ३ दिनको लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।