प्रतिमा विश्वकर्मा , वैशाख २८,
कपिलवस्तु -जिल्लाको कृष्णनगर नगरपालिकाको करमा नाकामा अलपत्र परेका नेपालीहरूले आफूहरूलाई सुरक्षित ठाऊमा राख्न सरकार संग गुहार लगाएका छन्। भारतका विभिन्न शहरहरू मा रोजगार गर्न गएका बेला विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसले गर्दा देशहरु लाकडाउन गरेको बेला रोजगार बन्द भए पछि नेपाली स्वदेश फर्कि रहेका छन् ।स्वदेश फर्केका नेपालीहरू नेपालको विभिन्न नाकाहरूमा अलपत्र परेका छन ।
त्यसतै कृष्णनगर नगरपालिका वार्ड न -६ करमा नाकामा अलपत्र परेका सवै ५७ जना नागरिकहरू कृष्णनगर नगरपालिका वार्ड न -७ मा रहेको प्रहरी चौकीका इन्सपेक्टर भिमिनिधि खनालले बताऊँनु भयो । अलपत्र नागरिकहरू केहि जना टेन्ट मुनि त केहि जनाले आफु घर बाट मगाएको त्रिपाल मुनि असुरक्षित तरीकाले दिन रात गुजारी रहेका छन् । ५ दिन देखि सीमा नाकामा अलपत्र नागरिकलाई सरकारको तर्फ़बाट कुनै प्रकारको सेवा सुविधा अहिले सम्म नदिएको अलपत्र नागरिकहरू को गुनासो रहेको छ । न त खानाको कुनै व्यवस्था सरकार द्वारा गरिएको छ न त बस्ने नै । हामीहरू आफ्नो घर बाट त्रीपाल मंगाएर त्यस मुनि बसेको ऊनीहरूले बताएका छन् । हामीहरूको घर टाढा रहेको छ , घर बाट खाना आए पछि खान पाउने र नआए भोकै बस्न बाध्य छौं!हाम्रो दुःख पीडा सरकारले नबुझे जस्तो छ भन्दै ऊनीहरू दुःख व्यक्त गरेका छन ।