बिन्द्र यादव / २८ बैशाख
नवलपरासी पश्चिम – प्रहरीले लागुअाैषध सहित दुई जना लाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको हो । बसहिया प्रहरी चौकीको गस्ती टोलीलाई देखेर उत्तर तर्फ अाउदै गरेका प्रहरी गस्ती टोली लाई देखेर पैदल भाग्दै गरेका बर्दघाट नगरपालिका वडा नं ६ बस्ने बर्ष २८ का विजय चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीबाट चेकजाँचका क्रममा अनरेक्स सिरफ ४ बोतल , नाइट्रोभेट – ५ फाइल (प्रति फाइल १५ चक्की) स्पास्मो ५४ फाइल ( प्रति फाइल ८ क्याप्सुल) लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिरेन्द्र थापाले बताए ।
लागू अौषध फेला परेको ठाउँ र विजय चौधरीको सम्पर्कमा अाएका सोही ठाउँ बस्ने बर्ष २५ का सुनिल चौधरीलाई समेत नियन्त्रणमा लिई अनुसंधान भइरहेको थापाले बताए । लकडाउनको मौका छोपी लागू अौषधको अोसारपसार बढेको हो । लकडाउनको अवधि सम्म जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले अाठ जना माथि लागू अौषधको अोसारपसारको गरेको भन्दै मुद्दा चलाएको थापाले जानकारी दिए ।