लिपुलेक सँगै सगरमाथा गुम्ने खतरा बढदै – बिजय प्रकाश निषाद

0
Quantam abroad studies

काठमाडौं /बैशाख २८
सगरमाथा गुम्ने खतरा बढेको भनी नेपाल विश्व हिन्दु महासंघका वरिष्ठ राष्ट्रिय उपाध्यक्ष बिजय प्रकाश निषादले बताएका छन् ।
भारतले नेपालको भूभाग लिपुलेक मिचेको विषय समाधान हुन नपाउदै सर्वोच्च शिखर सगरमाथा चीनको हो भन्ने चिनी सञ्चारले उल्लेख गरेको समाचार सुन्दा मन झस्ङ भएको निषादले बताएका छन् । उहाँले २०४४ सालाको त्तकालिन सरकारमा निषादका हजुर बुवा जय प्रकाश निषाद भुमिसुधार मन्त्री छ्दा त्यति बेला यति सिमा विवाद थिएन तर बिगतका केही बर्षमा सिमा अतिक्रमण र बिबाद बढदै गएको बताउनु भयो आखिर कारण के त ? या राजनीतिक इच्छा शक्ति कम्जोर भएको हुनु पर्छ या त सरकारको नियतमै खोट हुनु पर्छ भन्नु भयो।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरिएको छ।सीजीटीएन ले केही तस्बिर राखी ट्वीटरमा सगरमाथा चीन को तिब्बतमा पर्ने उल्लेख गरेको छ। बिगत का दिनमा 5 G स्टेशन र सगरमाथाको उचाई नापने समाचार आए देखिन कतै न कतै चाइनाको सगरमाथा माथि गलत नियत रहेको स्पष्ट बुझ्न सकिन्छ भनी उपाध्यक्ष निषादले भनेका छन् ।

sahani furniture udyog

भर्खरै सिंहदरबार अगाडी चिनी नागरिकको बिरोध प्रदर्शन सम्झदै उपाध्यक्ष निषादले त्यो बिरोध प्रदर्शन पनि योजना बद्ध भएको बताए नत्र उनिहरु लाई आफ्नो घर जाने भए चीन एम्बेस्सी अगाडी बिरोध गर्नु पर्ने तर सिंहदरबार अगाडी किन ?? भनी प्रश्न गरे ।

कुरा गर्दै जादा निषादले सरकारको अहिले को रवैया हेर्दै जादा आफू दुखी भएको बताउनु भयो।यस कोरोना महामारी बाट वचन मेडिकल समाग्री को अभाव छ , नागरिक दस गजामा अलपत्र छन् , लिपुलेक मिचिएको छ , सगरमाथा माथि खतरा बढदै छ तर सरकार भने बेखबर रहेको र काम कर्तव्य बिर्सेको भनी उपाध्यक्ष निषादले सरकारको आलोचना गरेका छन् ।

यस्तै अहिले नेपालमा धमाधम बिदेशी नागरिक फेला परेका छन् । धर्म र संस्कृति माथि प्रहार भएको छ र गौ हत्या गरि हिन्दु धर्मावलम्बी लाई जिस्काइ सम्प्रादायिकता फैलाउने गिरोह सक्रिय रहेको छ । तर संघीय ,प्रदेश ,स्थानीय सरकार र सरोकारवाला निकाय मौन हुनु शंकास्पद भएको निषादले बताउनु भयो ।

राजधानी देखि दसगजा सम्म प्रहरी कुटिएका छन् , बिदेशी हस्ताक्षेप बढेको छ तर सब मौन छन् , खोइ देश कुन दिशामा जादै छ भनी उपाध्यक्ष निषादले चिन्ता ब्यक्त गरेका छ्न।

Leave A Reply

Your email address will not be published.