लकडाउनको समय भोकै काममा पेलिएका शिवा इटा भट्टाका मजदुरहरुलाई कौवाहाका युवाहरु द्धारा खानपिनका समानहरु बितरण

1
Quantam abroad studies

सतेन्द्र यादव/ बैसाख २७,
सिरहा – जिल्लाको नरहा र बिष्णुपुरको सिमामा अबस्थित शिबा भट्टामा काम गरिदै आएका मजदुरहरुलाई बिष्णुपुर गाउँपालिका वडा न. २ कौवाहाका युवाहरु द्धारा तत्काल गुजारा गर्नको लागि खानपिनका समानहरु बितरण गरेका छन।कोभिड १९ को जोखिम समयमा लकडाउनले मजदुर हरु भोक संकटमा परेपछि कौवाहाका युवाहरु द्धारा खानपिनका समानहरु बितरण गरिएको हो ।

कोभिड १९ को प्रभाव संसारमै परेको बेला यसबाट सुरक्षित हुन नेपालले पनि लकडाउन बिधि अपनाईरहदा सिरहाको नरहा र बिष्णुपुरको सिमा बिचको इटा भट्टा भने लकडाउन को समय पनि मजदुरहरुलाई काममा पेलेका छन ।

देशमा लकडाउन गरेको बेला अति आवश्यक काम बाहेक अरु कामहरु बन्द गर्न सरकारको सार्वजनिक निर्णय रहदा पनि शिवा इटा भट्टाका संचालकले मजदुरलाई काम गराउँदै इटा रातको समय बिक्रि बितरण गरिदै आएका छन । तर मजदुरहरुको खाना र राशनमा भने कटौति गरेका मात्र होईन एक छाक भौकै बस्नु परेको गुनासो मजदुरहरुको रहेका छन ।

हाल यस शिबा भट्टामा काम गर्ने स्थानिय मजदुरहरु घर गैसकेपनि भारत बाट आइ काम गर्ने जम्मा १७ वटा मजदुर हरु सना सना बच्चा समेत गरि ६२ जना रहेको शिबा भट्टाका मुुन्सी सुरेश कुमार झाले जनाए ।

sahani furniture udyog
  1. Wangraj yadav says

    It’s bad we help us

Leave A Reply

Your email address will not be published.