
काठमाडौ , बैशाख ३० ,
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मा गरिएको परीक्षण मा थप ५७ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या १९१ पुगेको हो ।
मंगलबार संक्रमण पुष्टि भएका हरु मध्ये पर्साका ३९ , कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना रहेका छन् ।अहिले सम्म कपिलवस्तुमा २९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देखिएको ५७ जना संक्रमित सबै पुरुष भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारी ले जानकारी दिए ।
