तस्करी गर्न नपाएपछि सुरक्षाकर्मी माथि तस्करद्धारा ढुङ्गामुढा प्रहार

0
Quantam abroad studies

रबिन्द्र यादव / बैशाख २९ नवलपरासी पश्चिम् – तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सिमा खटिएका सुरक्षाकर्मीहरु माथि ढुङ्गा मुढा प्रहार गरेका छन् । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ६ कठहवाँ स्थित दश गजामा निगरानी गर्न खटिएका शसस्त्र र जनपद प्रहरीलाई भारतीय तस्करहरुले सोमबार साँझ ४ बजेको समयमा ढुङ्गामुढा प्रहार गरेका हुन्। उनीहरुको ढुङ्गा प्रहारले कुनैपनि सुरक्षाकर्मी घाईते नभएको बताइएको छ । उक्त दशगजाको सिमावारी कठहवाँ र पारी बहुआर बजार हो ।

बहुआर गाउँ नेपाल दशगजा संग जोडिएको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सिमावर्ति बजार हो । त्यस गाउँको लाईन टोलाका बासिन्दाहरु अधिकांश तस्करीका कार्य गर्दै आएका छन।विगत लामो समयदेखि विभिन्न सरसमानको तस्करी गर्दै आएका उनीहरु अहिले देश लकडाउन र सिमा बन्द भएपछि उनीहरु तस्करी गर्न नपाएपछि सुरक्षकर्मीहरु माथि आक्रोस पोख्दै ढुङ्गामुढा प्रहार गरेको स्थानिय करम हुसैन अंसारीले जानकारी दिएका छन् ।

बहुआरको लाईनटोलाका बासिन्दाहरु नै उल्टिएर नेपाली सुरक्षाकर्मीहरु माथि ढुङ्गा प्रहार गर्दा सुरक्षाकर्मीहरु आफनो ज्यान जोगाउन सिमावारी कठहवाँ गाउँतिर भागेका थिए । ढुङ्गाले सुरक्षाकर्मीहरु घाईते नभएप ियो ठुलो दुखद घटना रहेको स्थानिय करम हुसैनले बताएका छन् । ढुङ्गाप्रहार गर्दै उनीहरु नेपाल भित्रीन थालेपछि सुरक्षाकर्मी र स्थानियहरुले उनीहरुलाई सिमापारी धपाएका थिए ।

यसरी भएको हो घटना
सोमबार साँझ ४ बजेको समयमा दशगजामा चरिरहेको एक बाख्रा सिमावारी कठहवाँ गाउँतरि छिरेपछि बाख्रा लिन एक महिला नेपाल छिर्न खोजेकि थिईन।उनलाई सिमा खटिएका सुरक्षाकर्मीले तपाई नछिर्नु होस हामीले बाख्रा उतै पठाई दिन्छौ भनेपनि उनी अटेरी गर्दै सयको संख्यामा गाउलेहरु लाई बोलाई सुरक्षाकर्मीहरुलाई गालीगलौज गराउन थालिन । यता तस्करी गर्न नपाउने निहुँमा भारतीय तस्करहरु गाउँलेहरु को सहारामा सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

बहुआरका अधिकांश तस्करहरु सो नाकाबाट रक्सी, कुखुरा, मलखाद, धानको बिउ, र दैनिक उपभोग्य बस्तुहरुको तस्करी गर्दै आएका थिए तर लकडाउनले तस्करी गर्न नपाएपछि सुरक्षाकर्मीहरु प्रति आक्रोसित बन्दै गएका थिए।बिचबिचमा सुरक्षाकर्मीर र तस्करहरु बिच भनाभन भएपनि आज मात्र त्यस्तो घटना घटन पुगेको स्थानियले बताएका छन् । यस बिषयमा सिमा खटिएका भारतीय एसएसबीहरु भने भारतीय तस्करहरुलाई नै मौन समर्थन जनाएको पाइएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.