क्वारेन्टाइनमा रहेका महिलामा मर्यादा किट बितरण

0
Quantam abroad studies

बैशाख ३०
कपिलवस्तु – कोरोना भाइरस कोभीड१९ विश्वब्यपी रुपमा फैलिरहेको र कपिलवस्तुमा १९ जना सहित देशभरमा १९१ जन संक्रमीत देखिएका छन् ।कपिलवस्तु जिल्लाको कपिलवस्तु ना.पा. महाराजगन्ज ना.प. बाणगगा ना.पा. मायादेवी गा.पा. शुद्दोधन गा.पा को क्वारेन्टाइनमा रहेका १५ जना महिला र ६ जना किशोरी लाई मर्यादा तथा किशोरी किट बितरण गरिएको छ।क्वारेन्टाइनमा भएका महिला तथा किशोरी हरुको आत्मबल तथा मनोबल बलियो बनाउन साथै क्वारेन्टाइन महिला मैत्री होसा भन्ने उद्देश्यले मर्यादा किट बितरन गरिएको यु.एन.एफ.पिए का जिल्ला इन्चार्ज चित्र महतोले बताउनु भयो ।यु.एन.एफ.पिए.को आर्थिक सहयोग जिल्ला समन्वय समिती र सिधार्थ समाजिक बिकास केन्द्र को समन्वयमा सो किट बितरण गरिको यश कार्यक्रमका संयोजक जियाउल हकले बताउनु भएको छ ।

sahani furniture udyog

उक्त किटमा महिलाहरुको आवस्यक समाग्रि साडी ब्लाउज पेटीकोट ,सेनेटरी पेड ,नुहाउने साबुन ,टुथपेस्ट ,ब्रस ,काइयो ,टर्च,लुगाधुने सर्फ ,सिटि,अन्डर व्यर लगायत समाग्रि सहितको झोला बितरण गरिएको सिद्धर्थ समाजिक बिकास केन्द्रका अध्यक्ष पोम नारायण पौडेलले जानकारी दिनुभयो ।त्यसै गरि यस प्रकारका किटहरु जिल्लाका अन्य पलिकाहरुको क्वारेन्टाइनमा रहेका महिला तथा किशोरीहरु लाई बितरण गर्ने जिल्ला समन्वय समितीका प्रमुख नारायण खनालले जानकारी गराउनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.