काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्ठि भएको छ।
बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वार्षिय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन् ।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारत को मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका हुन् ।
यस्तै बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको पाइएको थियो। यो संगै नेपालमा दुई जनाको कोरोना संक्रमणले मृत्यु भएको पुष्ठि भैसकेको छ ।