१५ बर्षीय बालिका बलात्कार गर्ने युवक पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु/ बैशाख ४
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १० औरहवामा अन्दाजी १५ बर्षकी बालिकालाई बलात्कार गर्ने आरोपमा अन्दाजी २४ बर्षीय रामतिर्थ यादव पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ।

बालिकाको स्वास्थ्य परिक्षणको लागि शिवराज अस्पताल बहादूरगंजमा पठाइए पनि रिपोर्ट आउन बाकी रहेको छ। पक्राउ परेका व्यक्ति अहिले प्रहरीको नियन्त्रणमा छन।
मुस्लिम धर्मावलम्बीहरुको पबित्र महिना रमजानमा विहान ३ बजेको समयमा खाना खाने धार्मिक मान्यता छ।त्यो समयमा खाना खाने समयलाई शेहरी भनिन्छ। घरका सबै सदस्य सुतेका थिए र शेहरी पकाउन उठेकी बालिका लाई मुख छोपी घर बाट करिब एक किलो मीटर टाढा र गाउँको पूर्व पट्टी रहेको मन्दिरको छेउमा लगेर १५ बर्षीय बालिका लाई बलात्कार गरेको आरोप रहेको छ।

गत बर्ष २०७५ साल चैत्र १६ गतेका दिन उक्त व्यक्ति माथि ईलाका प्रहरी कार्यालय गणेशपुरमा सोही गाउँका एक व्यक्तिले निजको श्रीमतिलाई ललाई फकाई प्रलोभनमा पारेर भगाई लागेको आरोप लगाउदै स्वास्नी, गहना र नगरी रकम फिर्ता समेत पाउन बारे लिखित निवेदन समेत दर्ता गराएको कुरा स्रोत अनुसार जानकारी प्राप्त भएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.