भारतकाे रामपुरमा अलपत्र परेका ९३ जना थलाराका स्थानीयलाई उद्वारगरी बझाङ पुर्याईयाे

0
Quantam abroad studies

उत्तम कुमार थापा ,जेठ ४ बझाङ – जिल्लाको थलारा गाउँपालीले भारतमा अलपत्र परेका ९३ जनाको उद्वार गरेको छ ।

बझाङ जिल्लाकाे गलारा गाउँपालीकाका ९३ जनालाई अाज स्थानीय सरकारकाे पहलमा बझाङ पुर्याएकाे हाे। राेजगारीकाे सिलसिलामा मित्रराष्ट भारत धन कमाउन गएका बझाङकाे थलारा गाउँपालीकाका जनसमुदायलाई उद्वार गरिएको हाे ।

sahani furniture udyog

स्थानीय सरकार थलारा गाउँपालीकाले विभिन्न मिडियामा आफ्नाे स्थानीय स्थरका जनसमुदायहरु अलपत्र परेको खवर पाए पछि गाउँपालीका अध्यक्ष भुवनेश्वर उपाध्यायकाे नेतृत्वमा उद्वार गरि बझाङ ल्याईएकाे थियाे ।आज पत्रकार सँग कुरा गर्दै अलपत्र परेका भरतले भने , हामीलाई कुनै राजनीति टिकाटिप्पणी नगरी हामीलाई थलारा गाउँपालीका जनप्रतिनिधिले आफुलाई उद्वार गरेको उनकाे भनाइ छ ।

उनी सँगै जिल्लामा अाईपुगेका धेरै जनसमुदायले स्थानीय सरकार थलारा गाउँपालिका लाई धेरै धेरैले धन्यवाद व्याक्त गरेका हुन । आज पत्रकारहरु सँग कुराकानि गर्दै अलपत्र परेका ९३ जनाले भने याे स्थानीय सरकार थलारा गाउँ पालीका अध्यक्ष भुवनेश्वर उपाध्याय लगाएत सहयाेग गर्ने सम्पूर्ण सहयाेगी हातलाई धन्यवाद दिनुभएको छ । उनले भने, आफु स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बस्ने, र सरकारले लगाएको लकडाउनकाे पालना गरि अगाडि बढने उहाहरुकाे भनाइ छ।उनिहरु सबैलाई क्वारेन्टाइनमा राखिएको डाक्टर पदम ओलीले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.