बझाङमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखाएका ७ जनाको पीसीआर नेगेटिभ

0
Quantam abroad studies

उत्तम कुमार थापा / जेठ ५

बझाङ : बझाङमा र्‍यापिड टेस्टमा पोजेटिभ देखाएका ७ जनाको आरटी पीसीआर विधीबाट रिर्पोट नेगेटिभ आएको छ। भारतबाट फर्केर क्वारेन्टाईनमा बसिरहेका बित्थडचिर गाउँपालिकाका ७ जनाको रिर्पोट नेगेटिभ आएको हो।

स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले धनगढी प्रयोगशालामा आईतबार गरिएको परीक्षणका क्रममा उनीहरु को रिर्पोट नेगेटिभ आएको जानकारी दिए।

sahani furniture udyog

यस्तै र्‍यापिड टेस्टमा पोजेटिभ देखाएका १३ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको सम्पर्क व्यक्ति जोशी ले बताए।

बित्थडचिर गाउँपालिकाका एक र बुगंल नगरपालिकाका १२ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको हो।

यसअघि आरडिटी पोजेटिभ देखाएका बझाङको बित्थडचिर गाउँपालिकाकै एकजनाको पीसीआर रिर्पोट नेगेटिभ आईसकेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.