मदिरा पसलबाट चोरी गर्ने भारतीय नागरिक नवलपरासीमा रंगेहात पक्राउ

0
Quantam abroad studies

नवलपरासी – मदिरा पसलबाट चोरी गर्ने चोर रंगेहात पक्राउ परेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर ( झुलनिपुर भन्सार चोक ) बाट बिहान तीन बजे एक भारतीय नागरिकलाई स्थानीयले पक्राउ गरेका हुन । पक्राउ परेका चोरलाई स्थानीयले गुठी परसौनी प्रहरी चौकी लाई बुझाएका छन् ।पक्राउ परेको व्यक्ति भारत महाराजगन्ज जिल्ला झुलनिपुर गाउँको अन्दाजी १८ बर्षिय मेहताब अन्सारी रहेको बताइएको छ । पश्चिमी गण्डक नहरमा पानी बन्द रहेकोमा नहरको ढोकाबाट आएको हुन सक्ने स्थानीय प्रहलाद कोइरीले बताए । चोरी भएको पसल देखि बीस मिटर नजिकै सशस्त्र प्रहरीले बोर्डरमा निगरानी गरिरहेका छन् ।

सशस्त्र प्रहरीले बोर्डरमा निगरानी बढाएको छ कि छैन भन्ने प्रश्न स्थानीयले उठाएका छन् । चोरले झुलनिपुरको नहरको ढोका बाट बिजय मदिरा पसल, सोनी सहानी मदिरा पसल र यादव कोल्ड ड्रिङ्स गरि तिन मदिरा पसलको पछाडि बाट र अगाडि बाट ढोकाको ताल्चा तोडफोड गरि चोरी गरेको हो । चोर संग ताल्चा तोड्ने हतियार समेत बरामद भएको छ । स्थानियको सोधपुछमा अन्सारीले आफुलाई त्यहा सम्म आउन आफ्नै गाउँका दुई जनाले सघाउ पुर्याएको बताएका छन्।लकडाउनमा झुलनिपुर बजार बन्द रहेको तथा नहरको पानी बन्द भएको फाइदा उठाउदै त्यहा चोरी गर्ने चोर सक्रिय भएको हुन।स्थानीयका अनुसार जब नहरको पानी बन्द हुन्छ त्यही बेलामा बजारमा चोरी हुने गरेको हो । अहिलेसम्म उक्त बजारमा १६ /१७ पटक चोरी भइसकेको स्थानीय बताउँछन्। अहिले ती चोरलाई क्वारेन्टाइन पठाउने र त्यसपछि कार्यवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.