रबिन्द्र यादव / ५ जेठ
नवलपरासी- जिल्लामा सशस्त्र प्रहरी द्वारा २ लाख २५ हजार बराबरको बरामद गरेको सामान महेशपुर भन्सारमा बुझाएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले लकडाउनको अवधिमा बिभिन्न नाकाहरुबाट भारत तथा नेपालबाट अबैध रुपमा ओसार पोसार गर्दै गरेको धानको बिउ, मल, मदिरा, बिषाधी लगायतको साथै भारतिय नम्बर यु.पी.५६एच,९२६८ को मोटरसाईकल दशगजा बाट बरामद गरिएको सामानहरु स्थानिय पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरक्षक सुमन अधिकारीले बताए ।
लकडाउनको समयमा सिमा तस्करी तथा सिमा सुरक्षाको निगरानी पुर्ण रुपले बढाइएको साथै मानिसहरुलाई आवत जावतमा पुर्ण रुपमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको हो ।