कृष्णनगर न.पा.-७ मा ६० जनाको आरडीटी जाँच , ५ मा देखियो पोजिटिभ

0
Quantam abroad studies

महेन्द्र कुमार धोबी/जेष्ठ ११
‌कपिलवस्तु जिल्लाको कृष्णनगर न.पा.वडा नं. ७ अन्तर्गत क्वारंटाईन मा रहेका ब्यक्ति हरु मध्ये ६० जना को आरडीटी जाँचमा ५ जना को रिपोर्ट पॉजिटिव आएको छ। बुद्ध ज्योति आधारभूत विद्यालय कौडीडिहवा क्वारंटाईनमा रहेका २१ को जाँच हुँदा ४ जिनको रिपोर्ट पॉजिटिव र १७ जना को रिपोर्ट नेगेटिव आएको छ। मा. वि. अजिगरा क्वारंटाईनमा ३९ जनाको आर डिटी जाँच हुँदा १ जनाको रिपोर्ट पॉजिटिव र ३८ जनाको रिपोर्ट नेगेटिव रहेको कौडीडीहवा स्वास्थ्य चौकी इंचार्ज सुनीता चौधरीले बताएकी छिन । जाँच हुँदा वडा अध्यक्ष राज किशोर यादव ,भिल्मी कर्मा प्रहरी चौकीको नारायण प्रसाद पौडेल तथा वडा सचिव राम मूरत चौधरी को समेत उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.