मष्टा गाउँपालिकामा भिडियो एक्सरे सेवा संचालन

0
Quantam abroad studies

उत्तम कुमार थापा , जेष्ठ ११
बझाङ – जिल्लाको मष्टा गाउँपालीकामा भिडियो एक्सरे सेवा सञ्चालन भएको छ ।

मष्टा गाउँपालिकाका सबै वडाहरुमा गर्भवतीहरुको लागि भिडियो एक्सरे सेवा संचालनमा भएको हाे।मष्टा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण गर्भवती महिला लाई आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै वडा वडामै गएर सामाजिक दुरि कायम गरि भिडियो एक्सरे सेवा संचालन गरिएको मष्टा गाउँपालिका स्वास्थ्य शाखा उप-प्रमुख भिम बहादुर बोहराले जनाएको छ ।

sahani furniture udyog

यहि जेठ ५ गते देखि वडा नंम्बर ५ बाट गर्भवतीको लागि भिडियो एक्सरे सेवा सुरु गरेको र जेठ १३ गते भित्र सबै वडाहरुमा सम्पन्न गरि सक्ने भएको छ। दुरदराजमा रहेका गर्भवती महिलाहरु को समस्यालाई मध्यनजर गर्दै स्थानीय स्तरमै सेवा दिन पाउँदा आफू सारैनै खुसी भएको भनी मष्टा गाउँपालिका अ.न.मि यशोधा ऐरले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.