कृष्णनगर, कपिलवस्तु, जेष्ठ ११
रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठान ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिएका छन् र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गरेका छन् । साथै बिश्वब्यापी महामारी कोराना बाट बच्न सबै जना सावधानी पुर्बक बच्ने उपाय अबलम्बन गर्न पनि मुस्लिम समुदाय लगायत सबैमा बिशेष आग्रह गरेका छन् ।
- Comments
- Facebook Comments