राप्रपा बराहक्षेत्रका अध्यक्ष भट्टराईले दिए इद पर्बको शुभकामना

0
Quantam abroad studies
sahani furniture udyog

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
आज देशभर रमजान महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक अर्कामा शुभकामना साटासाट गरी इदुलफित्र अर्थात ईद मनाउँदैछन्। यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्यसमिति बराहक्षेत्रका संयोजक अर्जुन भट्टराईले इस्लाम समुदायको पवित्र पर्व ईदुल फितरको अवसरमा नगरबासीहरु देश तथा विदेशमा रहनु भएका दाजुभाई दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईले पबित्र पर्ब इदले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउनेमा बिश्वास ब्यक्त गर्नु भएको छ। साथै अध्यक्ष भट्टराईले कोभिड -१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारी बाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गरी लकडाउनको पालना गर्नु पर्ने बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.