बझाङमा बाघको छाला सहित एक जना प्रक्राउ

0
Quantam abroad studies

उत्तम कुमार थापा ,जेष्ठ १२
बझाङ जिल्लामा एक जना बाघको छाला सहित प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ११ का ३३ बर्षिया प्रेम बहादुर बोहरा रहेका छन् ।बोहरा लाई प्रहरीले आईतबार राती बाघको छाला सहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमका अनुसार गोप्य सुचनाका आधारमा घरमा खानतलास गर्दा बाघको छाला लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको बताए ।

sahani furniture udyog

अहिले उनलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलय ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकोे छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.