
एजेन्सी – अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ (WHO) संग सम्बन्ध तोडेको बतएका छन् ।
ह्वाइटहाउसमा सञ्चारकर्मी सँग बोल्दै ट्रम्पले आज हामी डब्ल्यूएचओ सँगको सम्बन्ध तोड्दैछौँ र उसलाई सहयोग गर्ने रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ भनी बताएका छन् ।
ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई सहयोग गर्दै आइरहेको रकम नदिने बताएका थिए।
अमेरिका डब्ल्यूएचओलाई सबै भन्दा बढी आर्थिक सहयोग गर्ने रास्ट्र हो । उस्ले गत बर्ष मात्रै अमेरिकालाइ ४० करोडको आर्थिक सहयोग गरेको थियो।
उनले कोरोना महामारी फैलिनेमा चिन जिम्मेवार रहेको र डब्ल्यूएचओले उस्लाइ सहयोग गरि रहेको आरोप लगाउदै आइरहेका छन् ।
उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पारेको र चीनको नियन्त्रणमा काम गरिरहेको आरोप पनि लगाएका छन् ।
रास्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई चीनको ” कठपुतली ” बनेको र उस्को इसारामा काम गरेको आरोप पहिले नि लगाइ सकेका छन् ।
कोभिड-१९ का कारण अमेरिकामा एक लाख भन्दा बढी मानिसको मृत्यु भए संगै मृत्यु हुने राष्ट्रको सुचिमा पहिको स्थानमा रहेको छ ।
