अमेरिक द्वारा डब्ल्यूएचओ (WHO) संगको सम्बन्ध अनत्यको घोषणा

0
Quantam abroad studies

एजेन्सी – अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ (WHO) संग सम्बन्ध तोडेको बतएका छन् ।

ह्वाइटहाउसमा सञ्चारकर्मी सँग बोल्दै ट्रम्पले आज हामी डब्ल्यूएचओ सँगको सम्बन्ध तोड्दैछौँ र उसलाई सहयोग गर्ने रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ भनी बताएका छन् ।

ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई सहयोग गर्दै आइरहेको रकम नदिने बताएका थिए।

sahani furniture udyog

अमेरिका डब्ल्यूएचओलाई सबै भन्दा बढी आर्थिक सहयोग गर्ने रास्ट्र हो । उस्ले गत बर्ष मात्रै अमेरिकालाइ ४० करोडको आर्थिक सहयोग गरेको थियो।

उनले कोरोना महामारी फैलिनेमा चिन जिम्मेवार रहेको र डब्ल्यूएचओले उस्लाइ सहयोग गरि रहेको आरोप लगाउदै आइरहेका छन् ।

उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पारेको र चीनको नियन्त्रणमा काम गरिरहेको आरोप पनि लगाएका छन् ।
रास्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई चीनको ” कठपुतली ” बनेको र उस्को इसारामा काम गरेको आरोप पहिले नि लगाइ सकेका छन् ।

कोभिड-१९ का कारण अमेरिकामा एक लाख भन्दा बढी मानिसको मृत्यु भए संगै मृत्यु हुने राष्ट्रको सुचिमा पहिको स्थानमा रहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.