कोरोना लाई बराहक्षेत्र नगरपालिकाले बच्चाले गुलेली खेलेको रुपमा लियो: नेपाली कांग्रेस बराहक्षेत्र

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
नेपाली कांग्रेस बराहक्षेत्र नगर कार्यसमितिले बिश्वमा धेरैको ज्यान लिनेगरी फैलिएको कोरोना भाइरसलाई बराहक्षेत्र नगरपालिकाले भने बच्चाले गुलेली खेलेको जस्तो सामान्य रुपमा लिएको आरोप लगाएको छ । आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै कोरोनाको विषम परिस्थितिमा नगरले गर्दै आएको सकारात्मक र नकारात्मक दुबै काम कार्बाही प्रती नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

नगरले खडा गरेको राहत कोषमा कति रकम जम्मा भयो, सामाग्री कति खरिद भयो र कति रकम बाकी छ भन्ने बिषयमा सार्बजनिक नगरिएको हुदा सत्यतथ्य बाहिर ल्याउन कांग्रेसले माग गरेको छ।
नगरपालिकाले क्वारेन्टिन बनाउने सवाल देखि राहत बितरणमा समेत सर्बदलिय बैठक नराखी एकलौटी निर्णय गरेको तथापि क्वारेन्टिन पनि मापदण्ड अनुसारको नभएको आरोप लगाउदै बिज्ञप्तीमा भनिएको छ , क्वारेन्टिन निर्माण गर्दा विश्व स्वास्थ संगठनले तयार पारेको न्युनतम मापदण्ड पनि नपुर्‍याई निर्माण गरेकोमा नेपाली कांग्रेस बराहक्षेत्र नगर समिती खेद व्यक्त गदर्छ।

हाल बराहक्षेत्र ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा खाना खुवाउने महिलाका बालबालिकाहरु बजारमा यत्रतत्र घुमि रहेको र त्यहा काम गर्ने चिकित्सक समेत बजारमा घुमिरहेको जनगुनासो प्रती नगरपालिकाले ध्यानाकर्षण गर्नुपर्ने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ।

नगरले यस्तो लापरबाही गरे भोलि यसले महामारीको रुप लिए सो को जिम्मेवार नगरपालिका हुनुपर्ने बताएको छ।
कांग्रेसले बराहक्षेत्र निवासी नेकपा भित्रको गुटबन्दीको सिकार बनेको ठहर गर्दै वडा नम्बर ३ को वडा कार्यलयको आधिकारिकता सार्बजनिक गर्न माग गरेको छ। नगरपालिका भित्र अमेरिकन फौजी किराले कृषकहरु आक्रान्त भएको हुदा सो को नियन्त्रणमा नगरको ध्यान जानुपर्नेमा समेत जोड दिएको छ।

नेपाली कांग्रेस बराहक्षेत्रका प्रबक्ता जगत बहादुर कार्कीको हस्ताक्षर रहेको सो बिज्ञप्तीमा नगरले तीन वटा बजेट ल्याउदा समेत प्रतीपक्षिलाई ख्यालै नगरेको हुदा आगामी बजेट बिनियोजनमा कांग्रेसलाई बेवास्ता गरे त्यस बाट उत्पन्न परिस्थितिको जिम्मा नगर आफैले ब्यहोर्नु पर्ने चेतावनी रहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.