विजयनगर सातमा १३ जनाको आरडीटी पोजेटिभ

0
Quantam abroad studies

देवानन्द ठाकुर/ ज्येष्ठ १९
कपिलवस्तु – जिल्लाको विजयनगर गाउपालिका वडा नं. ७ को क्वारेनटाइनमा रहेका १३२ जनाको आरडीटी परिक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको छ । विजयनगर वडा नं.७ मा रहेको त्रिनेत्र आ. वि. सोनबर्षा र दत्तपुरको क्वारेन्टाइनमा भारत बाट आई बसेका थिए । त्यहाका स्वास्थ्य इन्चार्ज अ हे व राधेश्याम पालले जानकारी दिनुभएको छ।

आरडिटी पोजेटिभ आएकाहरुको बुधवार पिसीआर गर्ने तयारी रहेको वडाध्यक्ष दिनेश चौधरीले बताउनु भएको छ ।आरडिटी जाच भई नेगेटिभ आएकाहरुलाई सयमित भई बस्ने घर भन्दा बहिर नगई घरमै आइसोलेट रहने भनेर पालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रशिक्षण गर्नु भएको छ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.