को दोषी ?

0
Quantam abroad studies

एकल यात्री

माया र प्रेम शब्द अलग हुन तर भावना एउटै । माया जिवनको यस्तो अनुभुती हो जुन मान्छेले पाए पछि उसलाइ राजा भए सरह खुशीको मिल्छ। माया यस्तो खुशी हो जस्ललाइ पाउन मान्छेले जे पनि गर्न तयार हुन्छ्न । तर माया के हो ? एक पटक यता पनि सोच्ने कि ?

हिर रान्झा ,रोमियो जुलियट लगायतकाका कहानी मायाको प्रतिकको रुपमा लिन्छ ।यी पात्रहरु अमर छन् इतिहासका पानामा ।तर यहाँ पनि स्पष्ट छैन आखिर माया के हो ? आज सम्म मायाको जति उदाहरण दिइएको छ सबै प्रेमी र प्रेमिका मात्र किन ??कि माया प्रेमी प्रेमिका बिच मात्र हुन्छ ? के तपाई लाई सहि लाग्छ ?अचेलको मायाको परिभाषामा प्रेमी प्रेमिका बाहेक कुनै सम्बन्ध अटदैनआखिर किन? मायाको परिभाषा ब्याक्तीको सोच अनुसार फरक होला तर माया भनेको यस्तो हुन् पर्छ जहाँ हरेक सम्बन्धको लागि ठाँउ होस।मेरो बिचारमा माया एउटा् भावना हो जहाँ अपन्तव महसुस हुन्छ ,जहाँ बिश्वास हुन्छ, जहाँ एक आर्का लाई हेर्ने दृस्ठिकोड सकारात्मक हुन्छ,जहाँ अरुको खुशीका लागि त्यागको भावना हुन्छ ।तर खोइ आज त तेस्तो माय देखिन्न कतै पनि । आखिर के कारण होला ?आजको माया भन्ने शब्द एउटा् स्वार्थ पुर्ती गर्ने माध्यम त बनेको छैन ? के माया मा अरु सम्बन्ध हुन सक्दैन ?भनिन्छ माया मनले उत्पन्न हुने भावना हो तर किन हो? अचेल केटाले राम्रो सुन्दर केटी र केटीले राम्रो सुन्दर केटा देख्ने बित्तिकै त्यो भावना उत्पन्न हुन्छ तर मात्र प्रेमी प्रेमिकाको रुपमा मात्र । त्यो मायामा दाजु बहिनी , भाइ दिदिको सम्बन्ध कहिले अटेको देखिएन त? मलाइ लाग्छ त्यो योवनको नशामा आफ्नो योन तिर्सना मेटाउन मायाको ढोग मात्र गरेका हुन र त्यो तिर्सना मेटाउन सहि गलत सब बिर्सेर अघि बढछन् अचेलका युवाहरू ।

प्राय केटाको परिवारले छोरा लाई समर्थन गरि रहेका हुन्छन् केटाले माया गर्यो कुनै अपराध गरेन भनी सफाइ नि देको देखियो ।तर त्यही केटा को बहिनि जब कसैको मायामा पर्छिन अनि छोरीलाई फेरि छोरा जस्तो समर्थन गरेको पाइन्न।छोराले माया गर्दा ठिक तर छोरीले माया गर्दा बेठिक हुन्छ ।साथी मायामा परेको थाहा पाए पछि अन्य साथीहरु पनि फिल्मी डाय्लाग शुरु गर्छन “प्यार किया तो डर्ना क्या ” ।प्राय जात ,धर्म नमिलेको खण्डमा साथीको माया सफल गराउन केटी भगाउन पुर्ण समर्थन र सहयोग गरेको देखिन्छ अचेलको युवाहरुमा । तर हजारमा एउटा मात्र यस्तो घटना देखिन्छ जहाँ भगाउनको सट्टा केटीको परिवार संग गइ कुरा राखछ्न र मनाउने प्रयास गर्छन ।तर यदि साथीले जब यो थाहा पाउछ कि उस्को साथिको माया अरु कोहि नभइ उस्कै आफ्न्ती हो भने खुनी खेल शुरु हुन्छ ।प्राय यस्ता घटना समाजमा देखिएक हुन्छन् ।अरु को चेलिबेटी लाई मायाको नाममा जे गर्दा जे भन्दा नि चल्ने तर आफ्नो चेलीबेटी लाई माय गरेको सुने भने मर्न मार्न तयार हुने ।यहि हो हाम्रो समाजको अहिलेको चलन ।चाहे कुनै जात धर्मको ब्याक्ती किन नहोस ,मायाको ठुलो पुजारी किन नहोस ,खुलेर मायाको वकालत गर्ने ब्याक्ती किन नहोस मायाको नाउँमा अरुको चेलिबेटी बिहे गर्न पाउनु पर्ने भनी वकालत गर्छ तर त्यही ठाँउमा जब आफ्नो चेलिबेटीको कुरा आउछ अनि जात धर्म हेर्न थाल्छन् ।अब यहाँ माया पाउने पक्ष होस या गुमाउने पक्ष गलत बाटो रोजिसकेका हुन्छन् ।तर यस्तो माया पनि के कामको जहाँ दुई जना बाहेक ,न परिवार अटछ न त समाज नै ।

अचेल मायामा अधिकार र कानुनको कुरो नि धेरै सुनिन्छ ,प्राय धेरै बिहे कानुन को शहारा लिएर गरिन्छ ।तर मुख्य कुरा यहा छ ,केटाकेटी को अधिकारको कुरा हुन्छ तर आमा बुवा लगायत अरु परिवारका सदस्य को अधिकारको कुरा हुन्न आखिर् किन ?के आफ्नो छोराछोरी माथी अभिभावकको अधिकार हुन्न ? खुन पसिना बगाएर आफू भोकै बसि छोराछोरी लाई हुर्काइ जीवन दिएका अभिभावकको कुनै अधिकार हुन्न छोराछोरी माथी ?यो कस्तो चलन हो ?हो यहि फेल हुन्छ हाम्रो समाज र यहि शुरु हुन्छ द्वन्द ।यहि शुरु हुन्छ अधिकारको लडाइँ र यहि शुरु हुन्छ रक्त रन्जित खेल ।यहि शुरु हुन्छ धर्म र जात को खेल आफ्नो लडाइँ सफल बनाउन प्रयोग हुन्छन् सारा जाल झेल ।समाजले केटी भागे केटीको अभिभावक लाई गिज्याउन शुरु गर्छ र केटी भगाउनेलाई बधाइ दिई भोज माग्न शुरु गर्छ ।अब यहाँ जात लाई दोष दिउ कि धर्मलाई ? सब आफ्नो ठाँउ मा सहि छन् ।गलत केही छ भने ब्याक्ती र समाजको दोहोरो चरीत्र । फेरि यो माया नि के कामको आफू दुई जनाको खुशिको लागि दर्जनौ नाता गोता को बलि दि दुखी तुल्याउने ? अब तपाईं सोचनुस अंतर जातीय प्रेममा परेका छोरीको अभिभावकले के गरून् ? माय प्रेमको नाममा छोरी पक्षका अभिभावक कहिले सम्म आफ्नो स्वभिमान बेचुन ? यो समाजमा द्लितले आर्को जातीको दलितको छोरालाइ त ज्वाइँ बनाउन सुइकारदैन्न भने अरु ले यति सजिलै कसरी सुइकारुन ?

यहाँ जातीय भन्दा पनि सोचको दोष हो जुन समय अनुसार परिवर्तन गर्न जरुरी देखिन्छ ।रुकुम घटना मा युवाहरूको हत्या गर्ने दोषीलाई करबाही होस तर आइन्दा यस्तो दु:खद घटना नघटोस भनी म नयाँ पिढिका युवालाइ कसैको छोरी भगाउन जानू भन्दा पहिला उक्त केटीको परिवारको स्वभिमान र इज्जत उछाल्नु भन्दा अगाडी आफ्नो बहिनीलाई सम्झन अनुरोध गर्द्छु ।भोलीका दिनमा मायाको नाउँमा तपाइहरुको छोरी , बहिनी लाई नि कसैले भगाउन आउला ,त्यस घडीमा तपाईंलाई कस्तो अनुभुती हुन्छ तपाईंको परिवारको स्वभिमान संग खेल्दा आवस्य सोचौ ।जातीयता निकाल्नु भन्दा सहि गलत को कुरा गरौ ।
( एकल यात्रीको ब्यक्तिगत बिचार )

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.