दाेरेन्द्र खड्का बझाङ
पत्रकार उत्तम कुमार थापाले सावुन र कुल्गेट वितरण गरेका छन् । जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ काे छात्रबस्ति गाउँमा प्रत्येक घरमा २/२ सावुन र १ /१ काेल्गेट वितरण गरेका हुन । थापाले काेभिड १९ अर्थात काेरना सक्रमणबाट बच्नका लागि सरसफाइकाे अावश्यकता पर्ने भएको हुदा गाउँका ८० जना परिवारलाई वितरण गरेको स्थानीय सुर्य बहादुर थापाले बताए । उनले छात्रबस्ति गाउँका जनसमुदायकाे घरघरमा गएर गाउघरका सबै जनसमुदायलाई जनचेतनामूलक सन्देश दिदै सामाजिक दुरी कायम गरि अगाडि बढ्न भन्दै राहत स्वरुप सावुन दात माझ्नकाे लागि कुल्गेट वितरण गरेका थिए । यसरी पत्रकार थापाले गाउँघरमै अाएर जनचेतनामूलक कार्यक्रम गर्दा सबैलाई सचेत गराउदा जनसमुदायहरुमा खुसियाली छाएकाे वडा नम्बर ५ का सदस्य शकर थापाकाे भनाइ छ । पत्रकार उत्तम कुमार थापाले अाफ्नै अार्थिक सहयाेगमा यसरी बितरण गर्दा खुसिव्याक्त गर्दै सबैलाई सचेत रहन अनुराेध गरेका हुन ।